जनता चाहिँ डेङ्गुले थरर, मन्त्री भने जहाजमा सरर

पोखरा २५ भदौ- यतिखेर मुलुकमा डेङ्गु महामारी रूपमा फैलिएर देशको भन्दा बढी जिल्लालाई आफ्नो चपेटमा लिइसकेको छ, यसै रोगका कारण ६ जना मानिसको मृ*त्यु भइसकेको कुरा पनि प्रकाशमा आइसकेको छ ।

यो स्थितिमा सरकारले स्थितिको गम्भीरताबोध गरेर युद्धस्तरमा यसका विरु*द्ध लड्ने काम गर्नुपथ्र्यो, आपतकालीन स्तरमै यस रोगकाविरु*द्ध विशेष अभियानको थालनी गरिनुपथ्र्यो, सङ्क्रमणको महामारीलाई फैलिन नदिन र न्यून गर्न रोगीहरुलाई ‘क्वारेन्टाइन’ मा राखेर उपचार गर्नेतर्फ सोचिनु पथ्र्यो ।

विडम्बनाको कुरा, त्यसो हुन सकेको छैन । कतिखेर, कुनबेला डेङ्गुको शिकार बनिने हो भन्ने भयले जनता थरर बनेका छन् । तर स्थितिको गम्भीरता बोधलाई तालुकदार स्वास्थ्य मन्त्रालयले आत्मसात गर्न सकेको देखिँदैन ।

हुनुपर्ने चाहिँ यसका विरु*द्ध तालुकदार मन्त्रालयका मूली अर्थात् स्वास्थ्यमन्त्री स्वयं आफैले कमान्ड सम्हालेर रोगका विरु*द्ध अभियानको नेतृत्व गर्ने कामको थालनी गर्नुपथ्र्यो, जसले गर्दा आम जनतामा आशा जाग्न सक्थ्यो । तर त्यसका विपरीत तालुकदार स्वास्थ्यमन्त्री आफ्नो मन्त्रालयको राज्यमन्त्री, सल्लाहकार र सचिवहरुको जिम्मामा छाडेर विदेश भ्रमणको रसास्वादन गर्नतिर लागेका छन् ।

प्रधानमन्त्री कार्यालयको नजरमा पनि स्वास्थ्य मन्त्रालयको कार्यसम्पादन सन्तोषजनक छैन । यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले स्वयं मन्त्री यादवसँग पटक पटक कुराकानी गरेका छन् । स्वास्थ्य क्षेत्रमा राम्रो काम हुन नसकेको आलोचना गरेकै मन्त्री यादवले प्रधानमन्त्री ओलीसँगसमेत दूरी बढाएका छन् ।

उपेन्द्र यादव स्वास्थ्य मन्त्री भएको एक वर्षभन्दा बढी भइसकेको छ । २०७५ जेठ २१ गते उनले स्वास्थ्य मन्त्रीको सपथ लिएका थिए । उनले स्वास्थ्य मन्त्रालय समहालेको यतिको दिन वितिसक्दा पनि स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय कामहरु हुन सकिरहेको देखिँदैन ।

सरकार बाहिर मन्त्रीको चर्को आलोचना भइरहेको बेला डेङ्गु महामारीलाई नियन्त्रण गर्ने दिशातर्फ पनि खासै हस्तक्षेपकारी भूमिका खेल्न सकेको छैन । यसले गर्दा यतिखेर मन्त्री यादवले राजीनामा दिनुपर्ने कुरासमेत उठ्न थालेको छ ।

गुनासो गर्नेलाई मन्त्री यादवको ठाडो जवाफ हुनेगर्छ, ‘के डेङ्गु नियन्त्रण गर्नका लागि म आफै फाइल लिएर कुद्दै हिँडु त ? मेरो काम नीति निर्माण गर्ने पो हो त ।’

प्रधानमन्त्री कार्यालयको नजरमा पनि स्वास्थ्य मन्त्रालयको कार्यसम्पादन सन्तोषजनक छैन । यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले स्वयं मन्त्री यादवसँग पटक पटक कुराकानी गरेका छन् । स्वास्थ्य क्षेत्रमा राम्रो काम हुन नसकेको आलोचना गरेकै मन्त्री यादवले प्रधानमन्त्री ओलीसँगसमेत दूरी बढाएका छन् । हाल उनको खासै बोलचालसमेत हुन छाडेको छ ।

स्वास्थ्य मन्त्रालयको काम कारबाही सन्तोषजनक नभएको प्रधानमन्त्री ओलीले भन्दा मन्त्री यादवले मन्त्रालयमा हस्तक्षेप गरेको आरोप लगाएका थिए ।

देशभरि डेङ्गुको महामारी फैलिए पनि मन्त्री यादवले त्यसलाई नियन्त्रण गर्न खासै पहल नगरेका गुनासो बढ्दै गइरहेको छ । तर यस्तो गुनासो गर्नेलाई मन्त्री यादवको ठाडो जवाफ हुनेगर्छ, ‘के डेङ्गु नियन्त्रण गर्नका लागि म आफै फाइल लिएर कुद्दै हिँडु त ? मेरो काम नीति निर्माण गर्ने पो हो त ।’

विदेशमा हुने कर्मचारी स्तरका कार्यक्रममा पनि आफै सहभागी हुने गरेकाले विदेशमा मन्त्रीको गरिमा पनि असर परेको एक कर्मचारीले बताए । स्वास्थ्य मन्त्रालयको महत्त्वपूर्ण जिम्मेवारीहरु स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई दिएका छन् तर राज्यमन्त्री यादवले ती काम गर्न नसकेको कारण अहिले मन्त्रालय अस्तव्यस्त भएको छ ।

राजमन्त्री, सल्लाहकार र स्वकीय सचिवको भरमा चलिरहेको छ । मन्त्री यादव महिनामा १० दिन पनि मन्त्रालय आउनु हुन्न । आए पनि दुई तीन घण्टाका लागि मात्र आउनु हुन्छ ।’

अहिले मुलुकका अधिकांश जिल्लाहरुमा डेङ्गुको महामारी फैलिँदा पनि स्वास्थ्य मन्त्रालय अकर्मण्य र दिशाहीन अवस्थामा हुनुको कारण पनि सही नीति निर्देशनको अभाव नै हो भन्ने देखिन्छ । यसरी तालुकदार मन्त्री यादवले मन्त्रालयका काम कारबाहीहरुमा ठोस रूपले ध्यान नदिएकै परिणामस्वरूप अहिले त्यसको असर डेङ्गु नियन्त्रणमा पनि देखिएको छ ।

उनी स्वास्थ्यमन्त्री भए पनि मन्त्रालयको कामभन्दा बढी पार्टीको काम र विदेश घुम्नेमा बितिरहेको मन्त्रालयको कर्मचारीहरुले नै बताउँछन् । मन्त्रीको सचिवालयमा कार्यरत एक कर्मचारीले भने, स्वास्थ्य मन्त्रालय राजमन्त्री, सल्लाहकार र स्वकीय सचिवको भरमा चलिरहेको छ । मन्त्री यादव महिनामा १० दिन पनि मन्त्रालय आउनु हुन्न । आए पनि दुई तीन घण्टाका लागि मात्र आउनु हुन्छ ।’

मन्त्री यादव जहिले पनि पार्टीको कामका लागि प्रायः उपत्यका बाहिर हुने गरेका छन् । यसमा पनि मन्त्रालयको साधन, स्रोतको दुरुपयोग हुने गरेको गम्भीर आरोप उनीमाथि लाग्ने गरेको छ । त्यसका साथै उनी विभिन्न कार्यक्रमको बहानामा विदेश भ्रमण पनि गरिरहेका हुन्छन् ।

पछिल्लो पटक सात दिनको दिल्ली भ्रमण गरेर उनी भदौ २१ गते नेपाल फर्केका हुन् । दिल्लीबाट फर्किने बित्तिकै उनी जिल्ला दौडाहामा निस्केका छन् । केही दिनअघि मात्रै उनी सुनसरीबाट फर्केका छन् । अर्थ मन्त्रालय स्रोत भन्छन्, ‘विदेश भ्रमणका लागि उनले राज्यकोषबाट झण्डै २५ लाख रुपियाँ भन्दा बढी खर्च गरेका छन् ।’

काजकिस्तान, स्विट्जरल्यान्ड, भारत, अमेरिका, बेलायत, जेनेभा लगायतका देशको भ्रमण गरेका छन् । उनी परराष्ट्र मन्त्री हुँदा सबभन्दा बढी विदेश घुम्ने मन्त्रीका रूपमा पनि चर्चित थिए तर अहिले उनी स्वास्थ्य मन्त्री हुँदा पनि विदेश भ्रमणको त्यो रफ्तार कम भएको छैन ।

विदेशमा हुने कर्मचारी स्तरका कार्यक्रममा पनि आफै सहभागी हुने गरेकाले विदेशमा मन्त्रीको गरिमा पनि असर परेको एक कर्मचारीले बताए । स्वास्थ्य मन्त्रालयको महत्त्वपूर्ण जिम्मेवारीहरु स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई दिइएका छन् तर राज्यमन्त्री यादवले ती काम गर्न नसकेको कारण अहिले मन्त्रालय अस्तव्यस्त भएको छ ।

अहिले मुलुकका अधिकांश जिल्लाहरुमा डेङ्गुको महामारी फैलिँदा पनि स्वास्थ्य मन्त्रालय अकर्मण्य र दिशाहीन अवस्थामा हुनुको कारण पनि सही नीति निर्देशनको अभाव नै हो भन्ने देखिन्छ । यसरी तालुकदार मन्त्री यादवले मन्त्रालयका काम कारबाहीहरुमा ठोस रूपले ध्यान नदिएकै परिणामस्वरूप अहिले त्यसको असर डेङ्गु नियन्त्रणमा पनि देखिएको छ ।

‘मन्त्रीमाथि कसले के आ*रोप लगाउँछन् त्यसको पछि जाने काम आफूहरुको नभएको’ बताउँदै सल्लाहकार राई भन्छन्, ‘आरोप लगाउनेहरुको काम नै आ*रोप लगाउने हो ।’ सल्लाहकार राई त ‘मन्त्रालयका कामका लागि नै मन्त्री यादव विदेश जाने गरेको’ पनि दाबी गर्न चुक्दैनन् ।

मन्त्रीका प्रमुख सल्लाहकार केके राई यो कुरा मान्न तयार छैनन् । उनी भन्छन्, यो कुरामा कुनै सत्यता छैन । एउटा पार्टीका अध्यक्ष र मन्त्रीको जिम्मेवारी केके हुन्छ त्यो हाम्रो मन्त्रीज्यूलाई थाहा छ । उहाँले आफ्नो जिम्मेवारी पूरा गरिरहनु भएको छ ।’

‘मन्त्रीमाथि कसले के आरोप लगाउँछन् त्यसको पछि जाने काम आफूहरुको नभएको’ बताउँदै सल्लाहकार राई भन्छन्, ‘आ*रोप लगाउनेहरुको काम नै आरोप लगाउने हो ।’ सल्लाहकार राई त ‘मन्त्रालयका कामका लागि नै मन्त्री यादव विदेश जाने गरेको’ पनि दाबी गर्न चुक्दैनन् ।

सल्लाहकार राईको भनाइमा ‘मन्त्रालय वा मन्त्रीले डेङ्गु नियन्त्रण गर्ने होइन, मन्त्रालयले नीति निर्माण गर्ने हो, समन्वय गर्ने हो यसलाई नियन्त्रण गर्ने कार्य प्रदेश र स्थानीय तहले गर्ने हो । त्यसका लागि नीति नियम र बजेटका व्यवस्थापन मन्त्रालयले गरिसकेको छ ।’

प्रकाशित मिति September 11, 2019
Loading...